बागमती प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन सम्भाव्यताको पहिचान, प्रचार–प्रसार र प्रवर्धन गर्ने उद्देश्यका साथ प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७५/०६/२२ गतेको निर्णयअनुसार पाँच वर्षको अवधिका लागि मिति २०७५/०७/१९ गते हेटौंडा, मकवानपुरमा पर्यटन विकास आयोजनाको कार्यालय स्थापना गरिएको हो।
आयोजनामार्फत सेवा प्रवाह गर्न प्रारम्भिक चरणमा डिभिजन वन कार्यालय, काठमाडौं अन्तर्गत सब–डिभिजन वन कार्यालय, लैनचौरको भवनको एक कोठामा इकाई कार्यालय व्यवस्थापन...